‘परालको आगो’मा सौगात अनुबन्धित, ‘जुठे दमाई’को भूमिका निधाउने
चलचित्र’परालको आगो’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । सौगातले चलचित्रमा ‘जुठे दमाई’को पात्रमा अभिनय गर्नेछन् । यसअघि उक्त भूमिकामा अभिनेता जितु नेपालले अभिनय गर्ने पक्का भएको थियो । तर, जितुले चलचित्रबाट बाहिरिएपछि उक्त भूमिकामा सौगात भित्रिएका हुन् ।
चलचित्र कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित रहने छ । चलचित्रमा सौगात अनुबन्धसँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । सुशील पोखरेलको लगानी रहने चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।
लक्ष्मण सुनारको निर्देशन रहने चलचित्रको छायांकन भदौ २६ गतेदेखि म्याग्दीबाट सुरु हुने जनाइएको छ । ‘परालको आगो’ श्रीमान्–श्रीमती चामे र गौँथलीबीचको झगडाको कथा हो । चलचित्रमा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् भने प्रकाशले चामेको भूमिका निभाउन लागेको बुझिएको छ । । सुहानाले पहिलो पटक होम प्रोडक्सन बाहिरको चलचित्रमा काम गर्न लागेकी हुन् ।
चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछाने नृत्य निर्देशक, सुशील देवकोटाको लेखन र सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिंग, सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको गीत र वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
