‘सिटामोल’को सफलतामा सौगात भन्छन् – हामीले गरेको मेहेनतले रंग पाएको छ
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबारबाट सुखद् सुरुवात गरेको चलचित्रले शनिबार जनैपूर्णिमाको दिन पनि देशभरका हलहरुमा दर्शकको राम्रै साथ पाएको हो ।
बिभिन्न हलहरुमा दर्शकको उल्लेख उपस्थिति भएपछि कलाकारहरु सौगात मल्ल, बेनिशा हमाल लगायात निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । चलचित्र हेरेर हलबाट निस्केका अधिकांश दर्शकले ‘सिटामोल’को कथावस्तुले आफूहरुको मन जित्नुका साथै क्लाइमेक्समा भावुक बनाएको समेत प्रतिक्रिया दिए ।
‘सिटामोल’ले एक पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेर कथा भन्छ । चलचित्रले पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेपनि मुख्य पात्रको यात्रामा धेरैले आफुलाइृ नजिक पाएको समेत प्रतिक्रिया दिएका छन् । दर्शकको प्रतिक्रिया सुनेर कलाकारदेखि निर्माण टिम उत्साहित देखिएका छन् । दर्शकको प्रतिक्रिया सुनेपछि अभिनेता सौगात मल्ल भन्छन्, ‘दर्शक भेट्न् हिड्नु परेकाले मैले आफै पुरै चलचित्र हेर्न पाएको छैन । तर सबैको प्रतिक्रिया सुनेरै खुसी लागेको छ । दर्शकले मन पराइदिनु भयो भनेपछि हामीले गरेको मेहेनतले रंग पाएको छ ।’ चलचित्र हेर्न युवाहरु बढी हलमा आएको सौगातको भनाई छ ।
चलचित्रकी मुख्य अभिनेत्री बेनिशा हमाल पनि दर्शकको प्रतिक्रियाबाट भावुक भएकी छिन । उनले भनिन्, ‘साच्चै भन्नुपर्दा म हिजो रातभरी सुतेकै छैन । कति टेन्सन लागेको थियो । दुईटा चलचित्र एकैपटक प्रदर्शनमा आउँदा कस्तो प्रतिक्रिया आउला भन्ने डर थियो । किनकी मेरो लागी दुईटै चलचित्र उत्तिकै महत्त्वपूर्ण छ । आज दुइटै चलचित्र उत्कृष्ट प्रतिक्रिया पाउँदा भावुक भए । अझ विशेषगरी सिटामोललाई मर्मस्पर्शी चलचित्र भएकाले धेरै दर्शकले रुवाएको प्रतिक्रियाले आनन्द मिलेको छ ।’
राज बहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायतको अभिनय छ ।
सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह(निर्मातामा छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
