चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा

चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । तिहारको अवसर पारी क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
सार्वजनिक क्यारेक्टर पोष्टरमा कलाकार प्रदीप चौधरीलाई फिचर्ड गरिएको छ । चलचित्र ‘होस्टेल रिटर्न्स’मा ‘पिके डन’को भूमिकामार्फत् चर्चामा आएका प्रदीप करिब १० वर्षपछि चलचित्रमा फर्कन लागेका हुन् ।
विराज खड्काको निर्देशन रहने चलचित्र गडरेज पिक्चर्सको ब्यानरमा निर्माण हुने छ । एक दशकदेखि भिएफएक्स तथा एनिमेसनमा सक्रिय रहेका खड्काको यो पहिलो निर्देशकीय चलचित्र हुनेछ । उनले यसअघि एक दर्जन सर्ट फिल्म र म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । चलचित्रमा ४० प्रतिशत दृश्य भिएफएक्स रहने निर्देशक खड्काले बताएका छन् ।
आदेश सुब्बा निर्माता रहेको चलचित्रको छायांकन आगामी डिसेम्बरबाट सुरु हुने जनाइएको छ । चलचित्रको बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवनमा खिचिनेछ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal