चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने चलचित्रको ट्रेलर आइतबार सिटी स्क्वायर मल, सामाखुशी स्थिति क्युएफएक्स सिनेमामा आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको हो ।
मिलन आले मगरको निर्देशनमा बनेको चलचित्रको साढे दुई मिनेट लामो टे«लरमा एक्शनलाई बिशेष जोड दिइएको पाइन्छ । बिकास थापा मगरको प्रस्तुति रहेको चलचित्रमा राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, बिकास थापा मगर, वर्षा थिङ, सुमन खत्री, तेजा ऐर, ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलर लञ्ज प्रोग्राममा निर्देशक आले मगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भए तापनि समय सान्दर्भीक रहेको बताए ।
प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले चलचित्रका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दावी गरे । यसै चलचित्रबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए । उनले पछिल्लो समय एक्शन चलचित्रप्रति दर्शकको रुचि बढेकाले आफ्नो चलचित्र पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।
धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको प्रस्तुती रहेको ‘सत्या’को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन् । बिकास थापा मगरको प्रस्तुति रहेको चलचित्रको स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन् । सुमनकुमार तण्डुकारले खिचेको चलचित्रका गीतमा बिकास चौधरीको संगीत, रामजी लामीछाने, सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
