Mansara

‘सत्या’को ट्रेलर सार्वजनिक

२०७६ आषाढ १५
‘सत्या’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका कलाकार विकास थापा मगरको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको हो । एक्सन लभस्टारी जनारामा निर्माण भएको चलचित्र ‘सत्या’ कार्तिक २२ गतेबाट प्रदर्शन हुने समेत जानकारी दिइएको छ ।

मिलन आले मगरको निर्देशन रहेको चलचित्रमा राज कालाखेती, विकास थापा मगर, वर्षा थिङ, करण सिंह बोहरा, प्रिया शर्मा, सुमन खत्री, गौरव सम्राट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

धनेश्वर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको चलचित्रमा सुमन खत्री, झम्का देवि कालाखेती र करण सिंह बोहराको लगानी रहेको छ भने कार्यकारी निर्माता मदन थिङ हुन् । चलचित्रमा श्रवण सम्राटको कथा, विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन वस्यालको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, सुमन तण्डुकारको छायाँकन र तारा थापा किम्भे र श्यामराज श्रेष्ठको सम्पादन रहेको छ ।

कार्यक्रममा बोल्दै निर्देशक मिलन आले मगरले चलचित्र एक सत्य घटनामा आधारित रहेर निर्माण गरिएको बताए । यस्तै निर्माता तथा कलाकार सुमन खत्रीले आफु र आफ्नो टिमले निकै मेहनत गरेर उत्कृष्ट चलचित्र बनाएको भन्दै दर्शकलाई निराश नबनाउने जनाएका छन् । उक्त अवसरमा कलाकार विकास थापा मगरको जन्मदिनको केक समेत काटिएको थियो ।