सत्यराजको स्वरमा ‘सपना’ सार्वजनिक
सत्यराज आचार्यको स्वर रहेको गीत ‘सपना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. बिनु बाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ ।
सुरज तामाङ्गको कथा तथा निर्देशन रहेको गीतको भिडियोमा संगीतकार उपाध्यायका साथै अर्का गायक प्रशान्त सिवाकोटी, नेहा गुरागाई, बिष्णु माया निरौला, देवयान्स निरौला, टिकाराम श्रेष्ठ, सोनु परियार र निर्देशक स्वयम्को अभिनय रहेको छ । दिवर मगरले छायाँकन गरेको भिडियोमा सोनुको सम्पादन रहेको छ ।
गीतकार डा. अर्यालले त्रिभुवन विश्व बिद्यालयमा सहप्राध्यापक रही लामो समय अध्यापन गराएकी थिइन । यस्तै संगीतकार उपाध्यायले त्रिभुवन विश्व बिद्यालयबाट संगीतमा स्नाकोत्तर गरेका छन् । उपाध्याय रेडियो नेपालको बर्गिकरणमा ‘क’ श्रेणीका संगीतकार हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
