‘सतीदेवी’को गीत ‘लैजा दैब फिर्ता लैजा’ सार्वजनिक
लक्ष्मण सुबेदी निर्देशित चलचित्र ‘सतीदेवी’को गीत ‘लैजा दैब फिर्ता लैजा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निर्देशक सुबेदीको शब्द, सुवास भुषालको संगीत र ममता गुरुङको स्वर रहेको छ । अभिनेत्री मलिका महत अभिनित पात्र मार्फत गीतले छोरी भएका कारण आफुले भोगेको पिडालाई खोटो सिक्कासँग तुलना गरेको देख्न सकिन्छ ।
साउन ४ गते प्रदर्शन हुने चलचित्रमा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठलगायतको अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको चलचित्रको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
