चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक

चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक टिजरले परिवारको वंश धान्न छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ । टिजर हेर्दा वर्ष १९ कि सतिदेवी अधिकारी मार्फत कथा भनेको बुझ्न सकिन्छ । चलचित्रको शिर्ष भूमिकामा मल्लिका महतले अभिनय गरेकी छिन ।
लक्ष्मण सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रको टिजरमा समावेश केही दृष्य तथा सम्वादहरु निकै मर्मस्पर्शी लाग्छन् । साउन चार गतेबाट प्रदर्शन हुने चलचित्रले प्रदर्शन पूर्वनै केही फेष्टिवलहरुमा अवार्डहरु प्राप्त गरिसकेको छ । चलचित्रमा मलिकाका अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठलगायतको अभिनय रहेको छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई श्रीदेवी, दिलासा र सारा सुवेदीले निर्माण गरेका हुन् । चलचित्रमा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal