Mansara

मलिकालाई लिएर ‘सती देवी’ बनाउँदै लक्ष्मण सुबेदी

२०७९ माघ १३
मलिकालाई लिएर ‘सती देवी’ बनाउँदै लक्ष्मण सुबेदी

लक्ष्मण सुबेदीको निर्देशन रहने चलचित्रको नाम ‘सती देवी’ राखिएको छ । केही दिन अघि केन्द्रिय भूमिकाका लागि अभिनेत्री मलिका महत सँग कागजि सम्झौता गरेका लक्ष्मणले बिकास बोर्डमा समेत चलचित्र दर्ता गरिसकेका छन् ।

भगवान् शिवकी पत्नी सति देवीको नामबाट चलचित्रको नाम जुराइएको हो । फागुन तेस्रो साताबाट छायांकन सुरु हुने चलचित्रमा मलिकाका अलवा भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटाको पनि अभिनय रहनेछ । बाँकी कलाकार चाँडै छनोट गरिने निर्देशक सुवेदीले जानकारी दिएका छन् ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने चलचित्रमा निर्देशक सुवेदीको कथा, पटकथा तथा संवाद रहेको छ ।

Mahajatra