दिनेश डिसीको निर्देशनमा ‘सर्वजित’ बन्ने

नेपालमा राजनीतिक दलहरुले संगठन सुरु गर्नुभन्दा अघि नै संगठन विस्तार गर्ने राजनैतिक सोच बनाएका दलित आन्दोलनका अभियन्ता भगत सर्वजित विश्वकर्माको बायोपिक फिल्म ‘सर्वजित’को घोषणा गरिएको छ । भगत सर्वजित विश्वकमा प्रतिष्ठानको स्वीकृतिमा दलित महिला केन्द्रले यो फिल्म निर्माण गर्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले फिल्मको मुहुर्त गरे । फिल्मको निर्देशन दिनेश डिसीले गर्नेछन् । करिब एक करोड २५ लाखको लागतमा निर्माण हुने यो फिल्म जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर मुहुर्त गरिएको हो ।
कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले फिल्म निर्माणमा आफूले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरे ।
बाग्लुङ, पाल्पा, पोखरा, काठमाडौं र भारतको बनारसमा छायांकन हुने फिल्ममा एनबी महर्जनको द्वन्द्व, एलिश कार्कीको पाश्र्व संगीत, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा, नहकुल खड्काको सम्पादन, रमेशमान श्रेष्ठको एनिमेसन र अनन्त घिमिरेको भीएफएक्स तथा कलर करेक्सन हुनेछ । निर्माण पक्षका अनुसार फिल्मका लागि कलाकार छनोट चरणमा छन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi