पहिला आफै क्लीयर हुने कि खनाल जी !
निर्देशक नै कन्फ्युज छन् अरु किन नहुन त !
गत वर्षको चलचित्र पञ्चायतमा गरेको भुमिकाबाट अभिनेता सरोज खनालले तारिफ बटुले । तर उनकै भनाईलाई मान्ने हो भने चलचित्र पुरै फ्लप भयो । यद्यपी अवार्डहरुमा पञ्चायत र पञ्चायतबाट सरोज खनाल मनोनयनमा परिरहे ।
यो वर्ष नेपालमा एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार र डिसिने अवार्ड सम्पन्न भइसकेका छन् भने एलजी सिनेमा सर्कल अवार्डको मनोनयन सार्वनिक भइसकेको छ । यि ३ अवार्ड मध्ये खनाल दुई अवाडको उत्कृष्ट मनोनयनमा पर्न सफल भए । उनी डिसिने अवार्डमा उत्कृष्ट खलनायक थिए भने एलजी सिनेमा सर्कल अवार्डमा उत्कृष्ट अभिनेताको बिधामा मनोनयनमा छन् । उनै खनालले आइतबार मध्यरातमा एउटा फेसबुक स्टाटस् लेख्दै चलचित्र अवार्डका जुरीहरु प्रति निकै व्यङ्ग गरे ।
खनालले लेखे – ‘एकादेशमा एउटा चलचित्र बनाइएछ, उक्त चलचित्र स्वदेश र विदेशमा हेर्नु हुनेले चलचित्रको खुलेर तारिफ गरेपनि, धेरैले नहेरी दिएको ले पुरै फ्लप भयो ! उक्त चलचित्रमा एउटा चरीत्र निर्वाह गर्न एउटा कलाकारलाई एउटा भुमिका दिइएको थियो, उसले उक्त चरीत्रलाई कति न्याय गर्न सक्यो थाहा भएन तर उक्त कलाकारलाई एउटै चरीत्र निर्वाह गरे जस्तो लागे पनि कसैले ‘खलनायक (VILLAIN)’ कसैले ‘सह–नायक’ कसैले ‘चरीत्र अभिनेता’ र कसैले ‘बर्षकै सर्बश्रेष्ठ अभिनेता’को उपाधी दिइ मनोनयन गरे... ‘उक्त कलाकार’ आखिर मैले बाचेको चरीत्र वास्तवमा चाहिँ के थियोे भनेर पुरै confuse छ ! ! !’
हुन पनि हो पात्र एउटै, भुमिका उही तर मनोनयन आउँदा फरक फरक बिधा । खासमा कुन बिधामा काम गरेको रहेछु भनेर कन्फ्युज हुनु स्वभाविक नै हो । तर वास्तविकता भने अर्कै रहेछ ।
खनालको स्टाटस् लगत्तै हामीले चलचित्रका निर्देशक शिवम अधिकारीसँग यसबारे कुरा गर्यौ । उनका अनुसार अहिले सम्म देशभित्रका एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार, डिसिने अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार, एलजी सिनेमा सर्कल अवार्ड र सिजी कामना फिल्म अवार्डमा चलचित्र सहभागी भएको छ । र ति सबै अवार्डमा खनाललाई अभिनेता, चरित्र अभिनेता र खलनायकको बिधामा फर्म भरिएको रहेछ ।
खनालले अवार्डका जुरी/आयोजक माथी उठाएकै प्रश्न हामीले निर्देशकलाई सोध्यौं । उही पात्र, उही भुमिका किन ३ बिधामा फर्म भनुभयो ? शिवम भन्छन् – ‘हाम्रो चलचित्रमा उहाँको भुमिका चरित्र अभिनेताको हो । चलचित्रको मुख्य पात्र नायिकाको छ । अभिनेता नभएकोले किन खालि छोड्नु भनेर अभिनेतामा पनि फर्म भरियो । अनि उहाँले निभाएको भुमिका नेगेटिभ पनि लाग्छ । त्यही पात्रका कारण चलचित्रमा एक युवतिले आत्महत्या गर्नुपर्ने बाध्यता आइलाग्छ । यसैले नेगेटिभमा पनि भरेको हो ।’
शिवमको यो भनाईबाट प्रष्ट हुन्छ खनालले पञ्चायत भित्र निभाएको भुमिका के हो भनेर स्वयम् निर्देशक नै कन्फ्युज देखिए । निर्देशक/निर्माताले जस्तो फर्म भरेर दिए जुरीहरुले त्यसकै आधारमा मुल्याङ्कन गरेका होलान् । यसैले सरोजको स्टाट्स हतारमा टिम भित्रै कुरा नबुझी लेखिएको स्पष्ट हुन्छ । शिवम पछि हामीले खनालसँग पनि कुरा गर्यौ । उनलाई निर्देशकले भनेको कुरा सुनाएर सोध्यौं अब भन्नुस् तपाईको खास बिधा के हो भनेर पहिल्याउन कसले नसकेको होला ? निर्देशक/निर्माताले कि अवार्डका जुरी वा आयोजकले ? खनाल हाँस्दै भन्छन् – ‘उहाँहरु (निर्देशक/निर्माता) सँग मेरो कुरा भएको थिएन् । उहाँहरुले एउटा बिधा पहिचान गर्न नसक्नु उहाँहरुको गल्ति हो । अनि जुरीहरुले पनि त खास के बिधा हो भनेर पहिचान गर्नुपर्ने हैन र ।’
हो चलचित्रका बिशेषज्ञ समावेश हुने जुरी समुहले पनि पहिचान गर्नु पथ्र्यो नै । तर जहाँ चलचित्रका जिम्मबेबार व्यक्तिहरु नै कन्फ्युज देखिन्छन् त्यहाँ अरु कसरी क्लियर होलान र । त्यसैले कुरै नबुझी समाजिक सञ्जाल मार्फत अवार्डका जुरी/आयोजक माथी व्यङ्ग गर्नु अघि टिम भित्रै (निर्देशक/निर्मातासँग) बसेर भएको के हो तपाई पो क्लियर हुने की ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


