एक साता पछि सर्यो ‘सरौतो’

‘घामड शेरे’ पोष्टपोण्डको असर ‘सरौतो’ माथी देखिएको छ । पूर्व निर्धारित मिति कार्तिक २२ मा ‘घामड शेरे’ आइपुगे पछि ‘सरौतो’ एक साता पछि सरेको छ । अब यो चलचित्र कार्तिक २९ गतेबाट प्रदर्शन हुनेछ ।
चलचित्र निर्देशक हरि हुमागाईले वितरकसँगको सल्लाह पछि चलचित्रको प्रदर्शन मिति एकसाता पछि धकेलेको जनाएका छन् । उनले भने – ‘हामीले घोषणा गरेको मितीमा एकसाथ अन्य धेरै चलचित्र प्रदर्शन हुने भएपछी र पछिल्लो समयको बदलिदो रिलिज डेटको अवस्थाले गर्दा आपसी सल्लाहमै यसको हेरफेर गरिएको हो ।’
बोल्न नसक्ने युवतिलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनय गरेकी सुमि मोक्तानको एक्सन पछिल्लो समय चर्चामा छ । एक्सन र सांकेतिक भाषा सिक्न सुमीले कडा मेहनत र समय खर्चिएकी थिइन । यही चलचित्रका लागि सुमिले २ वर्ष कराते र ७–८ महिना सांकेतिक भाषा सिकेकी थिइन । चलचित्रमा सुमिका अलवा सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal