चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक
चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचत्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।
ट्रेलरमा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाई र संघर्षलाई देखाइएको छ । सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको चलचित्रमा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ । निर्देशकदेखि कलाकार सबैको यो पहिलो चलचित्र हो ।
राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रको निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । चलचित्रमा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन, प्रवीन खड्काको छायांकन, जनिम गरातराजको कलर, रोमी मोसेस तन्डुकारको सम्पादन तथा सुजैन खड्का र मनोज खड्काको नृत्य निर्देशन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
