‘सानो मन’ को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘सानो मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुयोग सोताङ्गको संगीत, रोहित जोन क्षेत्रीको स्वर र स्वप्निल शर्माको शब्द छ । गीतमा आयुष्मान देसराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ ।
सुयोग गुरुङ निर्देशित चलचित्रमा आयुष्मान र शिल्पाका अलावा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन, समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन, आलोक शुक्लले छायांकन रहेको छ । चलचित्रलाई योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
