चलचित्र ‘सानो मन’ निर्माणको घोषणा

चलचित्र ‘सानो मन’ निर्माण हुने भएको छ । माघे संक्रान्तिको अवसर पारी मंगलवार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।
म्यूजिकल लभस्टोरी जनरामा बन्ने चलचित्रमा आयुष्मान देषराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहने जनाइएको छ । सुयोग गुरुङले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन् । आफ्नो ड्रिम प्रोजेक्ट भएको भन्दै लउनले चलचित्रलाई स्तरिय बनाउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायाँकन गरिने जनाइएको चलचित्र माघ ७ गतेबाट फ्लोरमा जानेछ । ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्ने चलचित्रमा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी रहने छ । समिर सुनवार र निर्देशक गुरुङको लेखन रहने चलचित्रमा आलोक शुक्लाको छायाँकन साजन सिंहको कोरियोग्राफी र सुयोग सोताङको संगीत रहनेछ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal