‘साङ्लो’को गीत सार्वजनिक
चलचित्र ‘साङ्लो’को गीत सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेता विराज भट्ट र अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । निकिता ‘मिस नेपाल २०१७’ हुन् । उनले यसै चलचित्रबाट ठुलोपर्दामा डेव्यु गरेकी हुन् । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत रहेको छ भने राजनराज र मिलन नेवारले स्वर दिएका छन् ।
विराजकै निर्देशन रहेको चलचित्र माघ २४ गते रिलिज हुँदैछ । एक्सन, लभस्टोरी जनराको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको अभिनय रहेको छ ।
विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
