५० दिनमा सकियो बिराजको चलचित्र ‘साङ्लो’
चलचित्र ‘साङ्लो’को छायाँकन सकिएको छ । विराज भट्ट र निकिता चाण्डक अभिनित चलचित्रको छायाँकन ५० दिनमा सकिएको हो ।
बैशाख २४ गतेबाट छायाँकन शुरु भएको चलचित्रको बजेट दुई करोड माथी रहेको बताइएको छ । अभिनेता विराज भट्टको निर्देशन रहेको चलचित्रलाई बिराज र तेज बहादुर खड्काले निर्माण गरेका हुन् ।
बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण भएको चलचित्रमा बिराज र निकिताका अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, शिवम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा चलचित्रको छायाँकन गरिएको हो ।
एक्सन लभस्टोरी जनराको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
