‘सँगसँगै’को शुभमुर्हत

लेन्सनेपाल २०७६ मंसिर २२
‘सँगसँगै’को शुभमुर्हत

चलचित्र ‘सँगसँगै’ बन्ने भएको छ । राजधानीको भद्रकाली मन्दिरमा पुजाआजा सहित चलचित्रको शुभमुर्हत सम्पन्न गरिएको छ ।

मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्र साथी साथी बीचको सम्बन्ध र समर्पणको कथामा बन्ने जनाइएको छ । संचारकर्मी लक्ष्मण सुवेदीको लेखनमा बन्ने चलचित्रले दुई दशक अगाडीदेखि वर्तमानसम्मको एउटा कालखण्ड समेट्ने निर्देशक भट्टराईले जानकारी दिएका छन् । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मुकुन भुषाल, आश्मा गिरी, विकास चापागाई, रश्मी भट्ट, सविता रेग्मी, आलम खान, विशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाललगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रमा शिव ढकालको छायाँकन र ताराप्रकाश लिम्बुको संगीत रहनेछ । माघबाट छायाँकन थालिने चलचित्रमा तोरण क्षेत्री, विष्णु लामिछाने, रोशन केसी र विष्णबहादुर क्षेत्रीको लगानी रहनेछ ।