चलचित्र ‘साम्राज्य’को निर्माण हुने

निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको निर्माणको औपचारिक घोषणा गरिएको हो ।
चलचित्रमा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ । निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘देववाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ । हरिबहादुर घलेको छायाङ्कन रहने चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत हुनेछ ।
अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जून ५ अर्थात जेठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली चलचित्रमा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ । एक्सन जनरामा निर्माण हुने चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता हिरा बहादुर लेप्चाले बताए ।
Latest Updates
-
विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
-
-
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak