Mansara

‘सम्झना बिर्सना’को शुभ–मुर्हुत, पूजा र आकाशको मुख्य भुमिका

२०७६ कार्तिक ८
‘सम्झना बिर्सना’को शुभ–मुर्हुत, पूजा र आकाशको मुख्य भुमिका

चलचित्र ‘सम्झना बिर्सना’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा पूजा–आजा गरि चलचित्रको शुभ–मुर्हुत गरिएको छ ।

पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भुमिका रहने चलचित्र प्रेम कथामा निर्माण हुनेछ । पुजा र आकाशका अलवा चलचित्रमा सुनिल थापा, शिशिर राणा र कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।

निमेष प्रधानको निर्देशन रहने चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने छन् । दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा चलचित्रको कथा केन्द्रित रहने छ । आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रमा शिव ढकालको छायाँकन रहने छ । कार्तिक २१ गतेबाट चलचित्रको छायाँकन थालिने छ ।

Mahajatra