Mansara

जेष्ठ ६ मा आकाश र पुजाको ‘सम्झना बिर्सना’

२०७८ चैत्र १४
जेष्ठ ६ मा आकाश र पुजाको ‘सम्झना बिर्सना’

चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिका रहेको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् । यसअघि २०७७ सालको जेठ २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोना महामारी कारण प्रदर्शन हुन सकेको थिएन् ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । निमेष प्रधान निर्देशित सिनेमाको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको छ ।