पुजा र आकाशको ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । ट्रेलरमा मुख्य कलाकारद्वय आकाश श्रेष्ठ र पुजा शर्माको प्रेममा आउने उतार चढावलाई बढी फोकस गरिएको छ ।
निमेष प्रधानको निर्देशन रहेको चलचित्र जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा पुजा र आकाशका अलवा सुनिल थापा, छुल्ठिम गुरुङ, शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन् ।
अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेको चलचित्र दार्जिलिङ, सिल्गुडी तथा सिक्कीमका बिभिन्न स्थानमा छायाँकन गरिएको हो । निर्देशक निमेषकै कथा र पटकथा रहेको चलचित्रमा निमेष र कलाकार शिसिर राणाको सम्बाद लेखन रहेको छ ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्रमा शिब ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत र कमल राईको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
