‘झरी पछिको इन्द्रेणी’को गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक
चलचित्र ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरिएको छ । हलमा प्रदर्शरत चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।
यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । गीतले चलचित्रप्रति दर्शकको आकर्षण उर्त्कषमा पुर्याउने विश्वास निर्माण टिमको छ ।
शुक्रबार चलचित्र रिलिज भएसँगै चलचित्रका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकारहरु गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल, लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइसकेका छन् । दर्शकले चलचित्र उत्कृष्ट बनेको भन्दै नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।
यो चलचित्रबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई चलचित्रप्रति आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य ९मुन्नी० लगायतको अभिनय छ । चलचित्रको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । चलचित्रको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको चलचित्रका छायाँकार बुद्ध थापा हुन् ।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको चलचित्रले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि चलचित्रले पेश गर्नेछ ।
चलचित्रमा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
