‘सम्झना बिर्सना’मा छुल्ठिमको इन्ट्री
चलचित्र ‘सम्झना बिर्सना’मा अभिनेत्री छुल्ठिम गुरुङको इन्ट्री भएको छ । केही दिनको छायाँकन सकेपछि निर्माण पक्षले छुल्ठिमको उपस्थितिबारे जानकारी गराएको छ । चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठको जोडी मुख्य भुमिकामा छ । छुल्ठिमको भुमिका पनि मुख्य नै रहेको बताइएको छ ।
‘सम्झना बिर्सना’को छायाँकन भारतको सिलिगुडीमा भइरहेको छ । निमेष प्रधानको निर्देशन रहेको चलचित्र प्रेमकथामा आधारित छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको चलचित्रमा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको अभिनय रहने छ ।
वेस्ट बेंगलका रमणीय स्थानमा छायाँकन गरिने चलचित्रमा शिव ढकालको सिनेमाटोग्राफी रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
