‘सम्झना–बिर्सना’ को हाँस्ने खेल्ने बेलैमा

प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ मा समाबेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत शनिबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ । असार ३१ गते प्रदर्शन हुने गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर तथा अर्जुन पोखरेलको शब्द, संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर छन् ।
‘डान्सिङ्ग फ्लेभर’ को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन् । भक्तपुर दरबार स्क्वायरलाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत सार्वजनीक भएको २४ घण्टा नबित्दै यु्ट्युव म्युजीकको १५ नंबर ट्रेनीङमा परेको छ । दर्शक, स्रोताले अधिक मन पराइरहेको यस गीतको टिकटक पनि निकै बनिरहेको छ ।
अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माणमा बनेको फिल्मको लेखन तथा निर्देशन निमेष प्रधानले गरेका हुन् । स्थानीय निर्वाचनका कारण जेठ ६ मा प्रदर्शन स्थगीत गरिएको फिल्म अब भने ३१ असारमा दर्शक माझ आउदैछ । फिल्ममा समाबेश ‘परेलीमा लुकाउछु’ बोलको गीत केही समयअघिनै सार्वजनीक भइसकेको छ ।
प्रदर्शन मिति नजिकीदै जादा प्रचारप्रशारलाई ब्यापक बनाउदै लगेको फिल्ममा पूजा र आकाशको जोडीका साथमा सुनील थापा, शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । अद्वितीय फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ को छायांकन दार्जिलिङ, सिक्किम, सिल्गुढीका साथ एउटा गीत काठमाडौंमा गरिएको हो ।
आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको गीत सार्वजनीक कार्यक्रममा आकाश, पूजा, निर्देशक निमेष, निर्माता द्वय अद्वितिय–रेविका, संगीतकार अर्जुन पोखरेल, छायाँकार शिब ढकाललगायतका कलाकार तथा प्राबिधिक उपस्थिति थिए । सबैले आफूहरुले ‘सम्झना–बिर्सना’ निर्माणमा निकै मिहीनेत र मन लगाएको बताए । उनीहरुले दर्शकको मनोरञ्जनका लागि आफूहरु जतिसुकै मिहीनेत गर्न पनि पछि नपरेको दावी गरे ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal