कुमारको 'सम्बन्ध'मा सपना, हर्षिका, अस्मिता र श्रेया

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’ बन्ने भएको छ ।
उक्त टेलिफिल्मको हालै छायांकन आरम्भ गरिएको छ । पारिवारिक कथामा निर्माण हुने धाराबाहिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानालगायतका कलाकारको अभिनय रहनेछ ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन हुने टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह(सिम्रन)को गायन छ ।
रवी केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिफल्मका सहायक निर्देशक राम जे राउत हुन् । सम्बन्धको गीत र कथा नबिन पन्तले लेखेका हुन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal