महोत्सवमा ‘रंगी’को प्रमोसन गर्दै सलोन र दुर्गेश

२०८१ माघ ६
महोत्सवमा ‘रंगी’को प्रमोसन गर्दै सलोन र दुर्गेश

चलचित्र ‘रंगी’ निर्माण टिमले महोत्सव केन्द्रित प्रचारलाई तिब्रता दिएको छ । देशभर मेला महोत्सव चलिरहेका कारण गायक दुर्गेश थापा र नायक तथा प्रस्तुतकर्ता सलोन बस्नेत प्रचारका लागि महोत्सव दौडमा छन् । 

गायकगायिका तथा कलाकारलाई महोत्सव आफ्नो चलचित्र तथा गीतको प्रचारप्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन चाहेनन् । चलचित्रमा समावेश गीत ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापाले विभिन्न महोतसवमा यसै गीत गाएका छन् भने सलोनले नृत्य प्रस्तुति दिएका छन् । हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट प्रचारप्रसार सुरु गरेको टिमले अन्य महोत्सवमा पनि प्रचारलाई केन्द्रित राख्ने जनाएको छ । ‘महोत्सवमा सयौं दर्शकमाझ चलचित्रको प्रचार गर्न पाउँदा निकै खुशी लाग्दो रहेछ । दर्शकले हाम्रो फिल्मलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु’, सलोनले भने ।

फागुन २ गतेबाट रिलिज हुने चलचित्रले बाबुछोरीको कथा भन्ने छ । चलचित्रमा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, उत्तम केसी,  सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय छ । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । 

Kumari Bank