जेष्ठबाट साउन पुग्यो ‘साइनो’

चलचित्र ‘साइनो’को प्रदर्शन मितिमा हेरफेर भएको छ । यसअघि जेठ १० गतेलाई रिलिज मिति तोकिएको चलचित्र उक्त मितिबाट पछि सरेर साउन २४ गते प्रदर्शन हुने भएको हो ।
निर्देशक रमेश थापाका अनुसार डबिङ, कलरिङ, मिक्सिङलगायतका प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सार्नुपरेको हो । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् ।
शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung