चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ हुने

चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । अवार्डमा २०७८ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए ।
अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
Latest Updates
New Releases (Shrawn 20)
-
Ma
Director : Subarna Thapa
Casts : Nirajan Pradhan, Nisha Adhikari, Sabin Shrestha, Rubina Thapa, Naren Khadka
Next Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Micle Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki