नेपाली निर्माता सबिन ज्ञवाली ‘इमर्जिङ प्रोड्युसर प्लेसमेन्ट’मा चयन
नेपाली चलचित्र निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकार अन्तर्गतको स्क्रिन एनएसडब्ल्यूले २०२५ का लागि सविन सहित तीनजना चलचित्रकर्मीलाई उदीयमान निर्माताहरूको रुपमा चयन गरेको हो ।
इमर्जिङ प्रोड्युसर प्लेसमेन्ट कार्यक्रम अन्तर्गत चयन हुनेमा नेपाली निर्माता सविन सहित दुई अस्ट्रेलियाली चलचित्रकर्मी एलेक्जेन्डर पेटारास, फ्रान्सिस्का ब्रेथवेट रहेका छन् ।
उक्त कार्यक्रम न्यू साउथ वेल्समा बसोबास गर्ने र चलचित्र तथा डिजिटल स्क्रिन सामग्री निर्माणमा करियर अघि बढाउन चाहने नयाँ पुस्ताका निर्माताहरूलाई लक्षित गरिएको हो । कार्यक्रममा चयन भएका निर्माताहरूले स्क्रिन एनएसडब्ल्यू र एक स्थानीय उत्पादन कम्पनीसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन्, जसले उनीहरूको पेशागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
उपाधिसँगै ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन् । डेढ दशकदेखी सिड्नीमा बस्दै आएका ज्ञवाली नेपाली र विदेशी भाषाका चलचित्रमा सक्रिय छन् । उनी नेपाली चलचित्र ‘दोख’का निर्माता हुन भने ऋतु, द ब्रेकअप, विनर र लप्पनछप्पन २ का लाइन प्रोड्युसर हुन । यसबाहेक उनले अष्ट्रेलियामा छायांकन भएका अन्य विदेशी चलचित्रमा समेत काम गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
