‘रनवे ड्रिम्स २०१९’को उपाधी सिमरन र निश्चललाई

‘रनवे ड्रिम्स २०१९’को शिर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । सिमरन ८ प्रतियोगिलाई पछि पार्दै महिला तर्फ र निश्चल १९ प्रतियोगिलाई पछि पर्दै पुरुष तर्फको शिर्ष उपाधी बिजेता बनेका हुन् । बिजेताले जनही नगद ५० हजार सहित बिभिन्न अवसरका प्याकेज हात पारेका छन् ।
‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा राजधानीमा सम्पन्न प्रतियोगितामा महिला तर्फ दिब्या शाह फष्टरनरअप र रिना गर्सियता सेकेन्ड रनरअफ चुनिदा पुरुष तर्फ मनोजमान फष्टरनरअप र आभाष भट्टराई सेकेन्ड रनरअप घोषित भए ।
कार्यक्रममा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेशनल हेरिटेज २०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्याहन्ट बिजेता धुर्व बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेश अनर उज्वलकृष्ण श्रेष्ठ र संचारकर्मी श्रृजना दुवाल निणार्यक रहेका थिए ।
प्रतियोगितामा फोटो जेनिक दिब्या शाह र कृतज्ञ थापा, मोष्टपपुलर सुस्मा थापा र सरोज राई, बेष्टवाक रिना गर्सियत र मनोज मान, बेष्टफ्रेण्डसिप प्रशान्त शाह, बेष्टस्क्रिन अनुप श्रेष्ठ र रिना प्रधान, बेष्टइष्टाइलिस निश्चल न्यौपाने र रचना कार्की, बेष्टफिजिक सुनिल राई र सिमरन चौधरी, बेष्टट्यालेन्ट रोसन सुनाम र रन्जना कठायत, बेष्टफर्सनालिटी राजेन्द्र महता र रिना गर्सियत घोषित भए ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal