Mahajatra

‘तिम्रो मेरो साथ’को ‘रूमालै बाटेर टाई बनाम’ सार्वजनिक

२०७९ कार्तिक ७
‘तिम्रो मेरो साथ’को ‘रूमालै बाटेर टाई बनाम’ सार्वजनिक

चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक गरिएको छ । लक्ष्मीपुजाको अवसरमा सार्वजनिक गरिएको ‘रूमालै बाटेर टाई बनाम’ बोलको गीतमा सुभाष भुसालको संगीत, बि. पाण्डेको शब्द र जगदिश समाल, मेलिना राईको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

पुस २९ गते प्रदर्शन हुने चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । चवलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, सन्दीप क्षेत्री, इमीली लामा, दिपिशा केसी, खड्क बहादुर पुन तथा सरोज खनालको अभिनय रहेको छ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासांग लामा र सहनिर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन भने कार्यकारी निर्माता सबिर श्रेष्ठ हुन्।

चलचित्रमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको चलचित्रमा योगेश काजीको संगीत सुन्न सकिन्छ ।