रोड रेसमा कलाकारहरु
कलाकारहरु रोड रेसमा निस्कने भएका छन् । वातावारणीय स्वच्छताको लागि भन्दै कलाकार, मोडल र गायक गायिका ३ किलोमिटर रोड रेसमा सहभागी हुने भएका हुन् ।
नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा ३ किलोमिटर रोड रेस आयोजना हुने भएको हो । रोड रेस कार्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडी बाट सुरु भई लाजिम्पाट पुगेर पुनस् सोहि स्थानमा समापन हुने छ ।
प्रतियोगिताका बिजेताहरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने जनाइएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाई सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
