बुसान फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘रिभर इन दि मिरर’

नेपाली चलचित्र ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ । यो वर्ष कुल २२ चलदचित्र छनौट भएका मध्ये नेपालबाट छनौट भएको यो एक मात्र चलचित्र हो ।
कोभिड - १९ प्रभावका कारण बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी फिल्मकर्मीका साथ भर्चुअल्ली हुँदैछ । एसियन प्रोजेक्ट मार्केट फेस्टिभलको महत्वपूर्ण इभेन्ट हो । एपीएम पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअल रुपमै सम्पन्न हुदैछ ।
फिल्ममा भुटानी निर्देशक टासी ग्याल्क्षेन र नेपाली निर्माता रामकृष्ण पोखरेलको सहकार्य छ । पोखरेल र ग्याल्क्षेनले यसअघि निर्माण गरेको फिल्म ‘रेड फालुस’ले सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की अवार्ड जित्न सफल भएको थियो । बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गत नै न्यु करेन्ट सेक्सनमा छानिएका एसियन फिल्मलाई फेप्रिस्की अवार्ड दिइन्छ ।
एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवान आदि देशका फिल्ममेकर छानिएका छन् । बुसानले भर्खरै जारी गरेको एपीएमको लाइनअपमा कान्समा अवार्ड जितिसकेका निर्देशक पनि छन् ।
‘रिभर इन दि मिरर’ले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमासँग बद्ला लिन उनलाई अमर बनाउन सञ्जिवनी बुटी खोज्न हिडेको कथा प्रस्तुत गर्नेछ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal