सैनिक सलामी सहित शुभबहादुर सुनामको अन्टेष्टि

बरिष्ठ संगीतकार शुभबहादुर सुनामको अन्टेष्टि गरिएको छ । सोमबार बिहान साढे ४ बजे स्वर्गिय भएका सुनामको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।
सैनिक सलामीसहित उनको हिन्दु परम्परा अनुसार अन्टेष्टि गरएको हो । सुनामलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न थुप्रै संगीतकर्मी, चलचित्रकर्मी तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पण गर्दै ससंगीतकार संघले नको पार्थव शरिरमा संघको झण्डा ओडाएको छ ।
सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवादनमा स्थापित गर्ने संगीतकर्मी हुन् शुभबहादुर सुनाम । लामो समयदेखि उच्च रक्तचापका बिरामी सुनाम केही समयदेखि किड्नीको रोगबाट समेत पीडित थिए । सुनामलाई राति असहज भएपछि छाउनीस्थित सैनिक अस्पताल लगिएको र त्यही नै उनको निधन भएको पारिबारिक श्रोतले जानकारी दिएको छ ।
सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए । उनी सेनामा रहदा सैनिक ब्यान्डमा वाद्यवादनमा सक्रिय थिए । थुप्रै संगीत साधकहरुमा गुरु सुनाम तत्कालीन युवराज दीपेन्द्र शाहका समेत संगीत गुरु हुन् ।
रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन् ।
चलचित्र, भजन, आधुनिक, टीभी सिरियल, पप, बालगीत, राष्ट्रिय गीतलगायतका बिधामा उनले सयौं गीतमा संगीत सृजना गरेका छन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi