गायक तथा अभिनेता रोविन तामाङको निधन
चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको ६० वर्षको उमेरमा निधन भएको छ । तामाङको मंगलबार बेलुकी बुढानिलकण्ठस्थित निजी निवासमा निधन भएको हो ।
यतिबेला उनको पार्थिव शरिरलाई पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महारजगञ्जमा राखिएको छ । पोष्टमार्टम पछि मात्र निधनको कारण थाहा हुनेछ ।
सन् २१३ को चलचित्र ‘छड्के’बाट अभिनय आरम्भ गरेका रोबिनको ‘छड्के २’ अन्तिम चलचित्र हुन पुगेको छ । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन चलचित्रमा उनले अभिनय गरेका छन् । रोविनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् । उक्त सिरिज अमेजन प्राइममा उपलब्ध छ ।
ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानको रुपमा उनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्यान्ड डीप पर्पलबाट प्रेरित थिए । जब उनी १९८० मा टोरन्टोको हम्बर कलेजमा पढिरहेका थिए, त्यसबेला उनले एक ब्यान्डमार्फत् विभिन्न ठाउँमा प्रस्तुती दिएका थिए ।
सन् १९९६ मा नेपाल आएका रोविनका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
