कलाकार सुरेश सिंह पुजारीको अन्तिम संस्कार सम्पन्न

शनिबार राती निधन भएका द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको अन्तिम संस्कार सम्पन्न भएको छ ।
सयभन्दा बढी चलचित्रमा द्वन्द्व कलाकारको रुपमा काम गरेका पुजारीको शनिवार राती साढे आठ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको हो । घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए । यद्यपी डाक्टरले उनलाई मृत घोषित गरे ।
५४ वर्षको उमेरमा निधन भएका उनको आइतवार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको हो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र क्षेत्रका केही व्यक्तिहरु उपस्थित थिए ।
कलाकार राजेन्द्र खड्गीले अभिनय गरेका प्रायः फिल्ममा सुरेशले द्वन्द्व कलाकारको रुपमा काम गरेका छन् ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal