चलचित्र निर्देशक प्रताप सुब्बाको निधन
चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको स्थानिय अस्पतालमा उपचारको क्रममा बिहीबार विहान निधन भएको हो ।
सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाको ७५ वर्षको उमेरमा निधन भएको हो । उनले ७ वटा फिचर चलचित्रको निर्देशन गरेका छन् । यसका साथै ६ वटा वृतचित्र, ५ वटा भिडियो चलचित्र, १३ वटा टेलिचलचित्र र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।
दार्जिलिङबाट ‘परालको आगो’ बनाएका प्रताप सुब्बाले ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता चलचित्रको निर्देशन गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
