Mansara

निर्देशक मुकुन्द बस्ताकोटीको निधन

२०७८ चैत्र २
निर्देशक मुकुन्द बस्ताकोटीको निधन

चलचित्र निर्देशक मुकुन्द बस्ताकोटीको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका बस्ताकोटीको मंगलबार निधन भएको हो ।

सन् १९९४ को चलचित्र ज्वालाबाट चलचित्र निर्देशनमा आएका बस्ताकोटीले चार चलचित्रको निर्देशन गरेका छन् । उनले चलचित्र ज्वाला सहित जलन, नातेदार र मंगलसुत्रको निर्देशन गरेका छन् । सन् २००३ पछि भने उनी चलचित्रमा त्यति धेरै सक्रिय छैनन् ।

चलचित्र निर्माता समेत रहेका बस्ताकोटी चलचित्र लेखक पनि हुन् । आफुले निर्देशन गरेका अधिकांश चलचित्र उनी आफैले लेखेका छन् ।