उपराष्ट्रपतिले दिए कलाकार लामालाई अन्तिम श्रद्धाञ्जली, संस्कृति मन्त्री आलेले ओढाए राष्ट्रिय झन्डा

लोकगायक, संकलक तथा कलाकार जयनन्द लामालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उनको शवमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
लामाको शव श्रद्धाञ्जलीका लागि बिहीबार बिहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको छ । जहाँ लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि थुप्रै कलाकार तथा सर्वसाधारणहरु पुगेका छन् ।
बुधबार बिहान निधन भएका लामाको पोष्टमार्टम पछि बौद्ध परम्परा अनुसार हिजो राति उनकै निवासमा पुजा गरिएको थियो । लामालाई अन्तिम श्रद्धाञ्जली दिन बौद्ध गुरुहरु पनि नाचघर पुगेका छन् । लामाको शवलाई आजै दिउसो बौद्ध परम्परा अनुसार स्वयम्भुमा अन्त्यष्टी गरिएको छ ।
यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले लामाको निधनप्रति दुस्ख व्यक्त गरेका छन् । उनीहरुले ट्वीटरमार्फत श्रद्धाञ्जली समेत दिएका छन् ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal