बालकलाकार केसीकाे कुपोषणका कारण निधन
चलचित्र ‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका कलाकार विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ ।
केसीको जाजरकोटस्थित घरमै चैत १९ गते निधन भएको हो । वि.सं. २०६६ साउन १ मा जन्मिएका केसीको १५ वर्षको अल्पआयुमै निधन भएको हो ।
चलचित्रमा कुपोषित र कर्णाली क्षेत्रकै बालकको चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित र कर्णाली क्षेत्रका बासिन्दा थिए। उनलाई चलचित्रको छायाङ्कनपछि जटिल कुपोषणको उपचारका लागि काठमाडौंको ग्रिन सिटी अस्पताल ल्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि कान्ति बाल अस्पतालमा पठाइए पनि त्यहाँबाट पनि उनलाई फर्काइएको थियो ।
चलचित्रका निर्देशक तथा कलाकारहरुले केसीको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन् । निर्देशक कुमार कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन् –
‘कुपोषणबाट नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेका छन्। विकासको मृत्युले हामीलाई स्तब्ध बनाएको छ। कर्णालीको कष्टकर जीवन र बाल मृत्युदरप्रति सरकारको ध्यान जाओस् ।’ उनले चलचित्र मार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको पनि जनाएका छन् ।
कर्णालीमा अझै पनि ५० हजार बालबालिका कुपोषणबाट पीडित रहेको अनुमान गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
