‘प्रकाश’ बाट डेब्यु गर्दै रेनु योगी
चलचित्र ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छिन । दिनेश राउतको निर्देशन रहने चलचित्रका लागि अभिनेता प्रदिप खड्काको अपोजिटमा रेनु फाइनल भएकी हुन् ।
फागुन दोस्रो साताबाट छायाँकनमा जाने चलचित्रका लागि क्यारेक्टरमा फिट हुने देखेरै रेनुलाई लिइएको निर्देशक दिनेश राउतले जनाएका छन् । मंसिर अन्तिम साता भएके अडिसनबाट कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई छनोट गरेका थिए ।
ब्याचलर अध्ययन गरेकी रेनु थ्रिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटकमा अभिनय गरेकी थिइन् । रेनुले १० भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।
जुम्लामा छायाँकन गरिने चलचित्रका लागि अभिनेता प्रदिप खड्काले समेत अभिनयको प्रशिक्षण लिएका थिए । अनुप बरालसँग अभिनयको कोर्ष गरेपछि पुनः अडिसन दिएरै प्रदिप छनौट भएका हुन ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गर्ने चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहने छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal