‘मीरा’बाट नाटकमा डेब्यु गर्दै रेखा
अभिनेत्री रेखा थापाले नाटकमा डेब्यू गर्ने भएकी छिन । उनको डेब्यु नाटक ‘मीरा’ हुनेछ । कान्तिपुर थियटरको ओपनिङ नाटकका रुपमा ‘मीरा’ जेठ १५ गतेदेखि मञ्चन हुनेछ।
कान्तिपुर फिल्म एकेडेमीले नक्साल गैह्रीधारा स्थित आफ्नै परिसर कान्तिपुर थियटर निर्माण गरिरहेको छ । आजबाट नाटकको रिडिङ र रिहर्सल सुरु भएको छ । नाटकको मुख्य भूमिकामा रेखाले अभिनय गर्न लागेकी हुन् । सुन्दर धितालको निर्देशन रहने नाटक असार ७ गते सम्म सञ्चालन हुनेछ ।
दीपक सिंजाली लिखीत उपन्यास ‘मीरा’मा आधारित नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ । नाटकको नाट्य रूपान्तरण पनि निर्देशक धितालले गर्दैछन् । नाटकका अन्य पात्रहरूको बारेमा केही दिनमा सार्वजनिक गरिने कान्तिपुर थिएटरले जानकारी गराएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
