कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाले गरिन प्यानल सहित ११ बुँदे घोषणा पत्र सार्वजनिक
नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी नायिका रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छिन । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रेजिनाले प्यानल सहित एजेण्डाहरु सार्वजनिक गरेकी हुन् ।
रेजिनाको समुहमा शिबहरि नेपाल ‘बैरागी’ र सरिता गिरी उपाध्यक्ष रहेका छन् । यसैगरी महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा बिनोदकुमार भट्टराई रहेका छन् ।
यस्तै सदस्यहरुको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान), नितु कोईराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डिबी) इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्तेकाका), राजेश गोसार्इं रहेका छन् ।
कार्यक्रममा अग्रज कलाकारहरु मदनदाश श्रेष्ठ, नरेश पौड्याल, अभिनेता रमेश उप्रैती, निर्देशक नारायण पुरी, निर्देशक शोभित बस्नेतलगायतले रेजिनाको टिमलाई जिताउन अपिल गरे ।
अढाई दशकदेखि आफु अभिनेत्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा कृयाशिल रहेको र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका कारण यसपटक अध्यक्षमा आफ्नो समुह सहित उम्मेदवारी दिएको अभिनेत्री रेजिना उप्रेतीले कार्यक्रममा बताईन् ।
कार्यक्रममा रेजिनाले ११ बुँदे चुनावी घोषणपत्र समेत सार्वजनिक गरेकी छिन । उनले आफ्नो घोषणा पत्रमा कार्यालय ब्यबस्थापन तथा सञ्चालन, सदस्यता व्यबस्थापन, संघको वेभसाईट व्यबस्थापन, भवन व्यबस्थापन तथा सञ्चालन, सदस्यहरुको अभिनय बृत्तिविकाश, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष बृद्धी योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा शिर्षकमा कार्ययोजना पेश गरेकी छिन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
