दयाहाङ र रिश्मा अभिनित ‘रिमै’ गीत सार्वजनिक

२०८२ श्रावन २९
दयाहाङ र रिश्मा अभिनित ‘रिमै’ गीत सार्वजनिक

चलचित्र ‘रिमै’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आगामी भदौ २० गतेबाट प्रदर्शन हुने चलचित्रको गीतमा कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।

बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत र रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ)को स्वर छ । गीतको अडियो तथा भिडियो गुरुङ परिवेशमा तयार पारिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्र गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायांकन छ । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।