‘रेड वाइन’ : पल आउट, पुष्प इन
नेपाल र अमेरिकामा छायाँकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट कलाकार पल शाह बाहिरिएका छन् । चलचित्रबाट पल बाहिरिए पछि उनको ठाउँमा कलाकार पुष्प खड्काको प्रवेश भएको छ ।
तीन दिन अगाडि पुष्पसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । अमेरिकामा रहेका रमेश एमके पौडेलले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह यसअघि नै अनुबन्धित भइसकेकी छिन ।
प्राप्त जानकारी अनुसार पल शाहले कथावस्तु, कलाकार र टाइटल परिवर्तन गर्न दबाब दिदै निर्माण टिममा हाबी हुन खोजेपछि दुबै पक्षबिच कुरा नमिलेको जनाइएको छ । चलचित्रमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
