चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर
चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर गरिएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा चलचित्र युनिटका सदस्यहरु, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरुले चलचित्र हेरेका छन् ।
चलचित्र हेरेका चलचित्रकर्मीले यसको विषय वस्तुको तारिफ गरेका छन् । चलचित्रले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको कथा भनेको छ । विभोर पोखरेलको निर्देशन रहेको चलचित्रले धेरै नेपालीहरुको कथालाई प्रतिनिधित्व गर्न सक्ने चलचित्रकर्मीहरुको प्रतिक्रिया छ ।
गगनलाल प्रधानको निर्माण रहेको चलचित्र हेर्न कलाकारहरु मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, रविन्द्र खड्का, रेश मरहठ्ठा, किरण केसी, सन्दीप क्षेत्री, राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, गायक प्रेमराजा महत, न्ह्यू बज्राचार्य र रामचन्द्र काफ्ले, साहित्यकार अमर न्यौपाने, लेखक प्रदीप भारद्वाज, पत्रकार टीकाराम यात्री लगायतको उपस्थिति रहेको थियो । चलचित्र हरेपछि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफु भावुक बनेको प्रतिक्रिया दिए । यस्तै वरिष्ठ गायक प्रेमराजा महतले राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्ने धारणा राखे ।
चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
