‘रियाल रिङ्गेट’को प्रदर्शन सोमबारबाट स्थगित हुने
चलचित्र ‘रियाल रिङ्गेट’को प्रदर्शन सोमबारबाट स्थगित हुने भएको छ । हलहरुले चलचित्रलाई उचित समयमा शो नदिइएको आरोप सहित निर्माताले प्रदर्शन स्थगित गर्ने निर्णय गरेका हुन् ।
निर्माण कम्पनी रेबेल फिल्म्स प्रा.लि.ले विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगित हुने जानकारी दिएको हो । बिज्ञप्तिमा भनिएको छ – ‘लामो परिश्रम, मेहनत र लगानी पछि तयार पारिएको हाम्रो चलचित्रलाई सिनेमा हलहरूले उचित समयमा शो नदिई, केवल अप्रभावकारी समयमा मात्र प्रदर्शन उपलब्ध गराएको कारण आम दर्शकसम्म चलचित्र पुग्न सकेको छैन । यस परिस्थितिमा हामी बाध्य भएर यो निर्णय लिनुपरेको हो ।’
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई गगनलाल प्रधानले निर्माण गरेका हुन् । चलचित्रले बक्स अफिसमा निकै कमजोर प्रदर्शन गरेको थियो । शुक्रबार बाटै दर्शकको अभाव भोगेको चलचित्रको शनिबारको ब्यापार पनि राम्रो नहुँदा आइतबार अधिकांश हलले चलचित्रको शो हटाएका थिए । यदि निर्माताले प्रभावकारी समयमा उचित शो नपाएका हुन् भने शुक्रबार वा शनिबार नै प्रर्दशन स्थगित गर्न सक्थे । यसैले सोमबारबाट प्रदर्शन स्थगित गर्ने निर्माताको निर्णयमा बलियो तर्क भने देखिदैन ।
विभोर पोखरेलले निर्देशन गरेको चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
