मुस्कानको निर्देशनमा ‘रत्यौली’ निर्माण हुने

२०८२ श्रावन १७
मुस्कानको निर्देशनमा ‘रत्यौली’ निर्माण हुने

नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहेर चलचित्र ‘रत्यौली’ निर्माण हुने भएको छ । शुक्रबार चलचित्रको शिर्षक सार्वजनिक गर्दै निर्माणको घोषण गरिएको हो । 

विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई चलचित्रको नाम राखिएको जनाइएको छ । 

रन्जन रिजालको प्रस्तुति रहने चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्नेछन् । रिजाल २०६२÷६३ सालदेखि म्युजिक भिडियोमा मोडलका रूपमा सक्रिय थिए भने मुस्कानले यसअघि चलचित्र ‘नाई नभन्नु ३’ र ‘समभर लभ’को निर्देशन गरेका थिए ।

नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानी रहने छ । तिहार लगत्तै छायाँकन शुरु हुने जनाइएको चलचित्रको हाल प्रि–प्रोडक्सको काम जारी छ ।