रनवे ड्रिम्स २०२३ को उपाधि सुसान्त र मेरिसालाई
रनवे ड्रिम्स २०२३ (सिजन–३) को उपाधि सुसान्त श्रेष्ठ र मेरिसा सुवालले जितेका छन् । मेरिसाले ८ प्रतियोगीलाई पछि पार्दै महिलातर्फ र सुसान्तले १० प्रतियोगीलाई पछि पार्दै पुरूषतर्फको शीर्ष उपाधि चुमेका हुन् ।
‘ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एन्ड फेसन’को आयोजनामा शनिबार साँझ लेन्ड मार्क रिसेप्सन कालिमाटीमा आयोजित प्रतियोगितामा महिलातर्फ पायल मेहेता फष्ट रनरअप चुनिँदा पुरूषतर्फ अजय रिजाल फष्ट रनर अप र महिला तर्फ सुनिता धले सेकेन्ड रनरअप चुनिदा पुरुष तर्फ सुयोग फुयाल सेकेन्ड रनर अप विजेता बने ।
साज सज्जासहित भव्य रुपमा निर्माण गरिएको रनवेसहित फेसनमय वातावरणमा आयोजित प्रतियोगितामा अभिनेता प्रसान्त ताम्राकार ,फेसन डिजाइनर मञ्जु ढकाल, मिसेज हेरिटेज दुर्गा विसुराल ,मेकअप आर्टिस्ट अनिस तामाड,फेसन डिजाइनर सोनम सुब्बा लगायत निणार्यक रहेका थिए ।
युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउँदै उज्जवल भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको ‘रनवे ड्रिम्स’ का संस्थापक डा।नवीन शाहले जानकारी दिए ।आयोजक कमिटी तर्फ समिर सिहं क्षेत्रि कर्यकारि निर्देशक रहेका थिए भने कार्यक्रम प्रबन्धक पोषण शर्मा रहेका थिए।
प्रतियोगितामा वेस्टफोटोजेनिक अभिनेस श्रेष्ठ , मेरिसा सुवाल मोष्ट पपुलर आस्था केसि, सुयोग फुयाल ,बेष्टवाक डोल्मा लामा, अजय रिजाल , बेष्टहेयर पायल मेहेता ,सुयोग फुयाल, बेष्टफिजिक अभिनेस श्रेष्ठ ,डोल्मा लामा ,बेष्ट पर्सनालिटि सुसान्त श्रेष्ठ ,सुस्मिता राजभन्डारि ,वेस्टस्किन अनिल वस्नेत,पारु पौडेल विजेता रहेका थिए । सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफर मल्भिका सुब्बा रहेकी थिइन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
